उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिंडदछौ, साथमा लौरो, खानेकुरा, झोला र पैसा रूपियाँ केही नलैजाऊ।
Cross references
यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ।
येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक।
यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”
तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसंगै मेजमा खाँदथे,
पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंडदा मानिसहरूसंग बोल्न नछाड।
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ?
परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ।
तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?”प्रेरितहरूले भने, “भएन।”
सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन।