तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?” हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुस्।”
Cross references
तर सादोकका छोरा अहीमासले योआबलाई बिन्ती गरे, “जसरी हुन्छ, दयागरी त्यस कूशीसित समाचार पुर्याउन मलाई पनि पठाउनुहोस्।”योआबले भने, “यो खबर तँ किन लान्छस्? यो समाचारहरू दिदा तैंले कुनै पुरस्कार पाउने छैनस्।”
नरिसाऊ! बौलाहा न होऊ! त्यति उदास न होऊ जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्छौ।
आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।
यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरूभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तिमीकहाँ फर्की आउने छैनौ, परमप्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?
तर पत्रुसले जोर दिएर भने, “यदी म तपाईंसंगै मर्नू परेता पनि म कहिल्यै तपाईंलाई इन्कानेर् छुईन!” त्यसरी नै अरू चेलाहरूले पनि त्यही कुरा भने।
तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?”प्रेरितहरूले भने, “भएन।”