तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरूमाझ लडाई चल्नेछ। राज्य-राज्यहरूमाकझ झगडा चल्नेछ।
Cross references
दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो
परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाइँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाइँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्।
“यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु।
म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला हार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथाघरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्।
त्यो भयंकर डरलाग्दो महामारी शत्रुहरूको छाउनीमा हुनेछ अनि तिनीहरूका घोडाहरू, खच्चरहरू, ऊँटहरू र गधाहरूलाई त्यो डरलाग्दो रोग लाग्नेछ।
राष्टहरू अन्य राष्ट्रहरूसित लडाई गर्नेछन्। राज्य राज्यहरू माझ लडाई चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तोे समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ।
म छक्क पर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।
तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)।
यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्।
अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे।