परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाइँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाइँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्।
Cross references
जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशित्ता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो।
अबीमेलेकले यरूब्बालका सत्तरी जना छोराहरूलाई मारे अनि तिनीहरू अबीमेलेकका आफ्नै भाइहरू थिए। शकेमका अगुवाहरूले यो नराम्रो काम गर्नमा तिनलाई सहयोग गरेका थिए।
शाऊलका रक्षकहरूले बिन्यामीन देशको गिबामा भएका पलिश्ती सैनिकहरू चारै दिशातिर भाग-भाग गरेको देखे।
शाऊलले आफ्ना सैनिकहरूलाई एकत्रित पारे र युद्धको निम्ति निस्किए। पलिश्ती सेनाहरू साँच्चै नै अलमल्ल परिरहेका थिए। तिनीहरूले एक-अर्कामा तिनीहरूको तरवार लिएर झगडा गर्न शुरू गरे।
इस्राएली मानिसहरू दुइ दलमा विभाजित भएका थिए। आधी मानिसहरूले गीनतका छोरा तिब्नीको अनुसरण गरे अनि उनलाई राजा बनाउन चाहे। अरू आधी मानिसहरूले ओम्रीको अनुसरण गरे।
‘एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो।
जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू थिए जो यहूदा माथि आक्रमण गर्न आएका थिए।
प्रत्येक मानिस अर्को मानिसको विरोधी हुनेछ। यसर्थ सबै जन नै पिरोलिनेछन्। युवाहरूले ठूला बडाहरूको आदर गर्ने छैनन्। साधरण मानिसहरूले महत्वपूर्ण मानिसहरूको विश्वास गर्ने छैनन्।”
(यसको तात्पर्य, मनश्शे एप्रैमको विरूद्ध लड्ने छ र एप्रैम मनश्शेको विरूद्ध लड्ने छ। अनि तिनीहरू दुवै यहूदाको विरूद्ध फर्किने छन्।)परमप्रभु अझ सम्म इस्राएल सगँ रिसाउनु भएको छ। परमप्रभु तिनीहरूलाई दण्ड दिन अझ पनि तयार नै हुनुहुन्छ।
सोअनका अगुवाहरू मूर्ख भएका छन्। नोपका अगुवाहरूले झूटा देवताहरूमाथि भरोसा गरे। त्यसकारण अगुवाहरूले मिश्रलाई गलत मार्ग तिर लगे।
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “इस्राएलको पर्वतहरूमा, म गोगको विरूद्ध सबै किसिमको डर उत्पन्न गर्छु। त्यसको सैनिक यति भयभीत हुन्छन् कि तिनीहरूले एका अर्कामाथि आक्रमण गर्नेछन् अनि आफ्नो तरवारले एउटाले अर्कालाई मार्नेछन्।
“दाज्यू-भाइहरू आफ्नै दाज्यू-भाइहरूको विरुद्व हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरूद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षड्यन्त्र गर्नेछन्।
कुनै मानिसको आफ्नो परिवारको मानिस इच्छा पत्रमा नाउँ भएका उसको विरुद्ध शत्रु बन्दछ।’
येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन।
यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगडा गरे, त्यो धेरै दिन चल्न सक्तैन।
“तिमीले देखेका दशवटा सीङ्गहरु दश राजाहरु हुन्। यी दश राजाहरुले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरुले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्।