Home Bibles मर्कूस 13:8 · नेपाली बाइबल
मर्कूस 13:8 · नेपाली बाइबल

राष्टहरू अन्य राष्ट्रहरूसित लडाई गर्नेछन्। राज्य राज्यहरू माझ लडाई चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तोे समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ।

Cross references

2 इतिहास 15:6

‘एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो।

भजनसंग्रह 48:6

डरले ती राजाहरूलाई कस्सेर समात्यो। ती राजाहरू डरले कामे।

यशैया 19:2

परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाइँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाइँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्।

यशैया 37:3

ती मानिसहरूले यशैयालाई भने, “राजा हिजकियाहले आदेश गरे कि आजको दिन दुख र शोकको विशेष दिन हो। यो अत्यन्तै शोकमय दिन हुनेछ। यो यस्तो दिनु हुनेछ जब एउटा बालक जन्मनेवाला छ। तर शक्तिको अभावमा जन्म लिन सक्तैन्।

यर्मिया 4:31

एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”

यर्मिया 6:24

हामीले ती सेनाहरूको बारेमा सुनेका छौं। हाम्रा हातहरू भयले दुर्बल भएका छन्। प्रसुती वेदनामा परेकी स्त्रीलाई जस्तै हामीलाई दुख र पीडाले घेरेको छ।

यर्मिया 13:21

यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए तिमी के भन्नेछौ? तिमीहरूले सिकाउनु पर्थ्यो। तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने। के तिमी सुत्केरी पीडामा परेकी स्त्रीहरू झैं छैनौ?

यर्मिया 22:23

हे लबानोनका बासिन्दा जो देवदारूहरूको माझमा बास गर्छन्, जब तिमीले व्यथा पाउनेछौ तिमी चिच्याउनेछौ। प्रसव पीडामा परेकी स्त्री झैं व्यथाले तिमी लडबडी गर्नेछौ।”

यर्मिया 25:32

यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “हेर, महा सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ। पृथ्वीको सुदूर कुनाहरूबाट एक सर्वनाशक आँधी आइरहेछ।”

यर्मिया 49:24

दमिशक शहर कमजोर भयो। मानिसहरू भाग्न चाहन्छन्। आंतकले तिनीहरूलाई समातेको छ। तिनीहरूले शोक र प्रसव वेदनामा परेकी स्त्रीले झैं वेदना अनुभव गरिरहेका छन्।

यर्मिया 50:43

बाबेलका राजा ती सेनाहरूका गडगडाहट आवाज सुनेर डराए। उनका हातहरू चल्न छाडे। उसलाई घेर्यो अनि उसलाई प्रसव वेदनामा परेकी स्त्रीलाई झैं कष्ट भयो।”

मीका 4:9

अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ के? तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?

हाग्गै 2:22

अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।

जकरिया 14:13

त्यो भयंकर डरलाग्दो महामारी शत्रुहरूको छाउनीमा हुनेछ अनि तिनीहरूका घोडाहरू, खच्चरहरू, ऊँटहरू र गधाहरूलाई त्यो डरलाग्दो रोग लाग्नेछ।

मत्ती 24:8

यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्।

प्रेरित 11:28

तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)।

1 थिस्सलोनिकी 5:3

मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

प्रकाश 6:4

तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरुलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो।

Interlinear

Choose Theme