जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो।
Cross references
जब केटो आठ दिनको हुन्छ, तैंले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरूष कमाराहरूलाई पनि खतना गर्नु पर्छ।
अनि आठौं दिनमा नवजात बालकको खतना गरिनुपर्छ।
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।
तर मरियमले पुत्र नजन्माउज्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पूत्रको नाउँ येशू राखिदिए।
येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।
सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु।
बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबूको नाउँ थियो।
तर उचित समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो। परमेश्वरका पुत्रले एउटी स्त्रीको कोखमा जन्म लिनुभयो। उहाँ पनि व्यवस्थाको अधिनमा बस्नु भयो।
जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो उहाँले आफैलाई खुबै नम्र बनाउनु भयो। उहाँले मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो अनि क्रूसमा मर्नु भयो।