Home Bibles ☰ Books मत्ती 1:25 · नेपाली बाइबल
मत्ती 1:25 · नेपाली बाइबल

तर मरियमले पुत्र नजन्माउज्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पूत्रको नाउँ येशू राखिदिए।

Cross references

प्रस्थान 13:2

“तिमीले इस्राएलमा जन्मेको प्रत्येक पहिले पुरूष शिशु मलाई दिनुपर्छ। त्यसको अर्थ हुन्छ पहिला जन्मेको प्रत्येक बालक अनि पहिला जन्मेको प्रत्येक पाठो मेरो हुनेछ।”

प्रस्थान 22:29

“बाली उठाउने समयमा तिमीहरूले आफ्नो खेतबारीको पहिलो फसल र दाखरस मलाई चढाउन पर्छ। यसो गर्नमा ढिलो नगर्नु।“तिमीहरूका जेठा छोरा मलाई चढाऊ।

2 शमूएल 6:23

शाऊलकी छोरी मीकलको एउटा पनि नानी भएन। तिनी नानी नजन्माई मरीन्।

1 राजा 1:4

युवती साह्रै नै राम्री थिई। उसले राजाको हेरचाह र सेवा गरी। तर राजाले ऊसित संभोग गरेनन्।

मत्ती 1:21

उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।

लूका 2:7

अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन।

लूका 2:21

जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो।

रोमी 8:29

यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो।अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाईहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो।

Interlinear

Choose Theme