Home Bibles मत्ती 3:15 · नेपाली बाइबल
मत्ती 3:15 · नेपाली बाइबल

येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।

Cross references

भजनसंग्रह 40:7

यसैले मैले भने, “म यहाँ छु! मलाई लैजानुहोस्। म आइरहेछु। धर्मशास्त्रमा यी कुराहरू मेरो विषयमा लेखिएका छन्।

यशैया 42:21

परमप्रभुले आफ्नो सेवक धार्मिक भएको चाहनुहुन्छ। परमप्रभुले उसको अनौठापूर्ण व्यवस्थाबाट उसको सम्मान रहेको हेर्न चाहनुहुन्छ।

लूका 1:6

ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए।

यूहन्ना 4:34

येशूले भन्नुभयो, मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुसरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो।

यूहन्ना 8:29

परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसंग हुनुहुन्छ। म सधैं त्यही कुरा गर्दछु जसले उहाँलाई खुशी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।”

यूहन्ना 13:7

येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझने छौं।”

यूहन्ना 13:15

मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें । र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें।

यूहन्ना 15:10

मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गरयो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ।

फिलिप्पी 2:7

परमेश्वरसित उहाँको ठाँउ उहाँले छोडिदिनु भयो र मानव हुन जन्मनु भयो अनि सेवक हुनु भयो।

हिब्रू 7:26

यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।

1 पत्रुस 2:21

तिमीहरुलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुसरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरुले उहाँको ठीक अनुसरण गर्नुपर्छ कारण तिमीहरुको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो।

1 यूहन्ना 2:6

यदि कुनै व्यक्तिले उ परमेश्वरमा बाँच्न चाहन्छ भने उ येशू बाँचे झैं बाँच्नु पर्छ।

Interlinear

Choose Theme