Home Bibles लूका 1:59 · नेपाली बाइबल
लूका 1:59 · नेपाली बाइबल

बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबूको नाउँ थियो।

Cross references

उत्पत्ति 17:12

जब केटो आठ दिनको हुन्छ, तैंले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरूष कमाराहरूलाई पनि खतना गर्नु पर्छ।

उत्पत्ति 21:3

साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे।

लेवी 12:3

अनि आठौं दिनमा नवजात बालकको खतना गरिनुपर्छ।

लूका 2:21

जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो।

प्रेरित 7:8

परमेश्वरले अब्राहामसंग एक करार बाँध्नु भयो; यस करारको संकेत खतना थियो। यसर्थ जब अब्राहमको छोरो भयो, त्यो आठ दिनको पुग्दा उनले खतना गरिदिए। उनको छोरोको नाउँ इसहाक थियो। पछि उसले आफ्नो छोरो याकूबको पनि खतना गरे पछि याकूबले आफ्ना छोराहरूलाई त्यसै गरे। ती छोराहरू पछि बाह्रजना पिताहरू भए।

फिलिप्पी 3:5

म जन्मेको आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल राष्ट्रको हुँ र बिन्यामीन वंशको हुँ। म एकजना यहूदी हुँ र मेरा आमा-बाबु पनि यहूदी नै थिए। मोशाको व्यवस्था मेरो लागि महत्वपूर्ण थियो। त्यसैले म फरिसी भएँ।

Interlinear

Choose Theme