शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं?
Cross references
“यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ।
त्यो मानिस अशुद्ध रहनेछ जबसम्म उसमा यो रोग रहन्छ। उसले एक्लै बस्नु पर्छ अनि उसले आफ्नो घर शिबिर बाहिर बनाउनु पर्छ।
“इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ।
परमप्रभुले मोशालाई उत्तर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सक्छिन्?”
नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि उपयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।
सामरियामा खाद्य छैन। यदि हामी शहरमा गयौं भने हामी त्यहाँ मर्ने छौं। यदि हामी बस्यौं भने पनि हामी मर्ने छौं। यसकारण अरामी शिबिरतिर नै जाऔं। यदि तिनीहरूले हामीलाई बस्न दिए भने हामी जिउँदो रहने छौं। यदि तिनीहरूले हामीलाई मारे भने हामी मर्ने छौं।”
राजा परमेश्वरको जनको सेवक गेहजीसँग कुरा गरिरहेका थिए। राजाले गेहजीलाई भने, “कृपया मलाई एलीशाले गरेको सबै महान कार्यहरू बताऊ।”
किन हामी यहाँ बसिरहेका छौ? आऊ, हामी बलिया शहरहरूमा जाँऊ। त्यहाँ हामी मृत्यु वरण गरूँ कारण परमेश्वर हाम्रा परमप्रभुले हामीलाई सडनु भनी आदेश दिनु भएकोछ। हामीले परमप्रभुको विरूद्ध पाप गरेकाछौं, यसकारण परमेश्वरले हामीलाई विष मिसाएको पानी पिउँनु दिनुभएको छ।
यदि तिमीले बाबेलका राजालाई सेवा गर्न राजी भएनौ भने तिमी र तिम्रा मानिसहरू शत्रुको तरवार भोक अनि भयानक रोगहरूबाट मर्नेछौ। बाबेलका राजालाई सेवा गर्न अस्वीकार गर्ने कुनै पनि जातिको सम्बन्धमा परमप्रभुले यसो भन्नुभयो।