सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे।
Cross references
त्यस रात तिनीहरू एक ठाउँमा बास बसे। तिनीहरू मध्ये एकजनाले गधालाई खुवाउँनु आफ्नो थैलो खोल्यो। अनि त्यस थैलोमा उनले तिरेको पैसा पायो।
मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो।
“यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।
परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।
तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ।
परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बद्लिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वास्थ छ।
‘तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’
त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिईन। त्यसले मलाई मर्नु अघिनै गाडनको तयारीका लागि यसो गरी।
अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन।
यसर्थ तिमीहरूले यसो गर्नुः “यदि तिम्रो शत्रु भोको छ भने, उसलाई खुवाऊ। यदि तिम्रो शत्रु प्यासा छ भने, उसलाई पानी देऊ। यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”
याद गर, कसैले गलत कामको बदला नलियोस। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।