Home Bibles ☰ Books लूका 10:33 · नेपाली बाइबल
लूका 10:33 · नेपाली बाइबल

त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो।

Cross references

प्रस्थान 2:6

राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।

1 राजा 8:50

तपाईंका मानिसहरूका सबै पाप क्षमा गरिदिनुहोस्। अनि तपाईंको विरूद्धमा गरेको पाप क्षमादान दिनुहोस्। तिनीहरूका शत्रुहरूलाई तिनीहरूप्रति दयालु बनाइ दिनु होस्।

हितोपदेश 27:10

आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।

यर्मिया 38:7

तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए।

यर्मिया 39:16

“यर्मिया तिमी कूशी मानिस एबेदमेलेककहाँ जाऊ र यो सन्देश भन ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ अति चाँडै म यरूशलेममा मेरो सन्देश सत्य बनाउने काम गर्छु। यो सन्देश सर्वनाश र नराम्रो कुराहरूबाट सत्य हुनेछ। तिमीले तिम्रै आँखाले प्रत्येक कुरो साँचो भएको देख्नेछौ।

मत्ती 10:5

येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदूहीरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ।

मत्ती 18:33

मैंले तँलाईं दया गरे जस्तै तैले पनि त्यसलाई दया गर्नु पर्ने होइन्।’

लूका 7:13

जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।”

लूका 9:52

येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए।

लूका 17:16

त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो।

यूहन्ना 4:9

सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसंग केही सम्बन्ध राख्दैनन्।

यूहन्ना 8:48

यहूदीहरूले उत्तर दिए, “हामीहरूले भन्यौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौं?

Interlinear

Choose Theme