शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।
Cross references
उत्सवमा मानिसहरू आनन्द मनाइरहेका थिए। यसर्थ तिनीहरूले भने, “शिमशोनलाई बाहिर ल्याऊ। हामी तिनको खिल्ली उडउन चाहन्छौं।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानबाट ल्याए अनि तिनको खिल्ली उडउन लागे। तिनीहरूले शिमशोनलाई दागोन देवताको मन्दिरमा खम्बाहरूको माझमा उभ्याए।
दाऊद बहूरीममा आए। बहूरीमबाट शाऊलका परिवारका एकजना मानिस निस्किए। त्यसको नाउँ शिमी थियो, जो गेराका छोरा थिए। शिमीले दाऊदलाई धेरै सराप्दै आए। लगातार नराम्रो नामले सराप्दै थिए।
जब मेरो शत्रुहरू नष्ट भए म कहिले खुशी भइनँ। शत्रुहरूमाथि नराम्रो आई लाग्दा मैले तिनीहरूलाई खिसी गरिनँ।
तर जब मैले भूल गरें। ती मानिसहरू ममाथि हाँसे। तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्, म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ। तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे।
मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्। निःसन्देह मेरा शत्रुहरूले आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।
मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछ अनि मलाई सोध्दछ, “तेरो परमेश्वर कहाँ छ? के तँलाई बचाउन अहिलेसम्म आएको छैन?”
जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ। जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।
तिमी आफ्नो भाइको विपत्तिमा, त्यो प्रति हाँस्यौ। तिमीले यसो गर्नुहुँदैन थियो। तिमी त्यससमय खुशी थियौ। जब मानिसहरूले यहूदालाई नष्ट पारे। तिमीले त्यसो गर्नु हुँदैन थियो। उनिहरूको विपत्तिको समयमा, तिमीले तिनीहरूको खिल्ली उडायौ। तिमीले त्यसो गर्नु हुँदैन थियो।
म लडेकेछु। तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ। म फेरि खडा हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।
प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ।