Home Bibles रोमी 12:20 · नेपाली बाइबल
रोमी 12:20 · नेपाली बाइबल

यसर्थ तिमीहरूले यसो गर्नुः “यदि तिम्रो शत्रु भोको छ भने, उसलाई खुवाऊ। यदि तिम्रो शत्रु प्यासा छ भने, उसलाई पानी देऊ। यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”

Cross references

प्रस्थान 23:4

“यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।

1 शमूएल 24:16

दाऊद चुप्प लागे अनि शाऊलले सोधे, “यो तिम्रो आवाज हो, मेरो छोरा दाऊद?” त्यसपछि शाऊल रूनथाले शाऊल धेरै नै रोए।

1 शमूएल 26:21

तब शाऊलले भने, “मैले पाप गरें। मेरो छोरा दाऊद यता आऊ आज मलाई प्रमाण गरेर देखाइ देऊ। तिम्रो निम्ति मेरो ज्यान महत्वपूर्ण छ। अब म तिमीलाई चोट पुर्याउने छैन। मैले मूर्खले झैं ठूलो भूल गरें।”

2 राजा 6:22

एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नमार। तिमीले तिनीहरूलाई तरवारहरू, धनुषहरू र वाणहरूबाट पक्रेनौं। अरामी सैनिकहरूलाई केही रोटी र पानी देउ। तिनीहरूलाई खाना-पीना देऊ तब आफ्नो मालिकसित भेट्न घर फर्किन देऊ।

भजनसंग्रह 120:4

सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ।

भजनसंग्रह 140:10

जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्, मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस् तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस् ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्।

हितोपदेश 25:21

तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ।

श्रेष्ठगीत 8:6

मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस् यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ।

मत्ती 5:44

तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर।

लूका 6:27

“म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर।

Interlinear

Choose Theme