Home Bibles लेवी 23:3 · नेपाली बाइबल
लेवी 23:3 · नेपाली बाइबल

“छ दिनसम्म काम गर, सातौं दिन विश्राम मानिनेछ र त्यस दिन विशेष विश्रामको दिन, एक पवित्र सभाको दिन हुनेछ। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नु। तिमीहरूको सब घरमा यस दिनलाई परमप्रभुको विश्राम मानिन्छ।

Cross references

प्रस्थान 16:23

मोशाले तिनीहरूलाई भने, “परमप्रभुले भन्नु भएको जस्तै नै भयो। यसो भयो कारण भोलि परमप्रभुको सम्मानमा मनाइने विश्रामको दिन हो। तिमीहरूलाई जति आवश्यक पर्छ आज त्यति खाध्य पकाउन सक्छौ तर भोलि बिहानको निम्ति यस खाध्यको रहल राख।”

प्रस्थान 16:29

हेर, परमप्रभुले तिम्रालागि शनिवारलाई एउटा विश्रामको दिन बनाउनु भयो। अनि छैटौं दिनमा परमप्रभुले तिमीहरूलाई दुइ दिनको निम्ति प्रशस्त खाद्य दिनु हुन्छ। सातौंदिनमा तिमीहरू प्रत्येकले विश्राम लेऊ। तिमीहरू जहाँ छौ त्यहीं बस।”

प्रस्थान 16:30

यसर्थ मानिसहरूले सातौं दिनमा विश्राम गरे।

प्रस्थान 20:8

“विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैं ध्यानमा राख।

प्रस्थान 23:12

“छ दिनसम्म काम गर सातौं दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरूहरू गधाहरू, कमारा-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन।

प्रस्थान 31:13

“इस्राएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानक निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ।

प्रस्थान 34:21

“तिमीले छ दिन काम गर्नेछौ र सातौं दिन विश्राम लिनु पर्छ। यो विश्राम तिमीहरूले बाली रोप्ने र उठाउने समयमा पनि लिनु पर्छ।

प्रस्थान 35:2

“काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ।

लेवी 19:3

“तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

व्यवस्था 5:13

सातामा छ दिन आफ्नो काम गर।

यशैया 56:2

त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन उ खुशी हुनेछ।

यशैया 56:6

कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुसरण गर्नेछन्।

यशैया 58:13

त्यस्ता कुराहरू हुनेछन जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ।

लूका 13:14

विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसंग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।

लूका 23:56

त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।

प्रेरित 15:21

तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै र्वष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”

प्रकाश 1:10

परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो।

Interlinear

Choose Theme