Home Bibles यशैया 56:6 · नेपाली बाइबल
यशैया 56:6 · नेपाली बाइबल

कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुसरण गर्नेछन्।

Cross references

1 राजा 8:41

“अरु ठाऊँका मानिसहरूले तपाईंको महानता र क्षमताको विषयमा सुन्नेछन्।

यशैया 44:5

“एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”‘

यशैया 56:2

त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन उ खुशी हुनेछ।

यशैया 58:13

त्यस्ता कुराहरू हुनेछन जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ।

यशैया 60:10

अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्। तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्। जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु। तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु।

यशैया 61:5

“तब तिम्रा शत्रुहरू तिमीकहाँ आएर तिम्रो भेडाको हेरचाह गर्नेछ। शत्रुका नानीहरूले तिम्रा खेतहरू र बगैंचामा काम गरिदिनेछ।

यर्मिया 50:5

ती मानिसहरूले सियोनमा कसरी जाने, सोध्ने छन्। तिनीहरू त्यही दिशातर्फ जान थाल्नेछन्। ती मानिसहरूले भन्ने छन्, ‘आऊ, हामी परमेश्वरकहाँ सम्मिलित हौ। एक त्यस्तो करार गरौ जुन सदा-सर्वदा रहनेछ। एक त्यस्तो करार गरौ जुन कहिल्यै भूलिने छैन्।’

इजकिएल 47:22

तिमी यो आफ्नो सम्पत्ति अनि आफूसँग बस्ने विदेशीहरूको सम्पत्तिको रूपमा, जसको नानीहरू तिमीहरूसँग बस्छन् तिनीहरूलाई बाँड। तिनीहरू विदेशी निवासी हुनेछन्, इस्राएलीहरूमा स्वभाविक जन्मे जस्तै हुनेछन्। तिमीले केही जमीन इस्राएलको कुल समूहबाट तिनीहरूलाई दिनेछौ।

मर्कूस 12:30

तिमीहरुले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।

प्रेरित 2:41

तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।

प्रेरित 11:23

बर्णाबास एक असल मानिस थिए। उ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो।

रोमी 8:28

हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।

1 कोरिन्थी 16:22

जसले परमेश्वरलाई प्रेम गर्दैन, उ श्रापित होस्। आउनु होस्, हे प्रभु!

2 कोरिन्थी 8:5

अनि तिनीहरूले यस प्रकारले दिए कि जुन हामीले आशै गरेका थिएनौं। तिनीहरूले आफ्नो दान दिनु अघि नै आफैं प्रभुमा पहिले समर्पण भए। यो नै परमेश्वर चाहनुहुन्छ।

गलाती 5:6

कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफै प्रकट हुन्छ।

एफिसी 6:24

तिमीहरू जम्मै जसले हाम्रा प्रभु येशू ख्रीष्टलाई अनन्त माया गर्छौ, तिमीहरूमा परमेश्वरको अनुग्रह रहोस्। 

1 थिस्सलोनिकी 1:9

हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्यौ, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूज्न छोडयौ र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यौ यस बारे पनि तिनीहरू कुरा गर्छन्।

याकूब 1:12

त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

याकूब 2:5

सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।

प्रकाश 1:10

परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो।

Interlinear

Choose Theme