Cross references
“छ दिनसम्म काम गर सातौं दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरूहरू गधाहरू, कमारा-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन।
“काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ।
मैले प्रत्येक सात दिने दिनहरूको विश्राम विषयमा तिनीहरूलाई बताएँ। मेलै तिनीहरूलाई मेरो पवित्र दिन तिनीहरू अनि मेरो बीचको एक विशेष संकेत जस्तै दिएँ। म परमेश्वर हुँ अनि मैले तिनीहरूलाई आफ्नो बिशेष मानिसहरू बनाँउदै छु भनी तिनीहरूलाई बताई दिएँ।
विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसंग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।
त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।