तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्।”
Cross references
मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको पार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखित हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।
मनश्शेको प्रार्थना परमेश्वरले कसरी सुनीदिनु भयो अनि तिनी प्रती दुःखित हुनु भयो, सो “दर्शीहरूको पुस्तकमा” लेखिएको छ। मनश्शेका तिनी स्वयं विनम्र हुनु भन्दा अघिका पापहरू र गल्तीहरू, ती स्थानहरू जहाँ तिनले उच्च स्थानहरू निर्माण गरेका थिए अनि अशेरा स्तम्भहरू स्थापित गरेका थिए सो पनि “दर्शीहरूको पुस्तकमा” लेखिएका छन्।
ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन् अनि परमेश्वरलाई गुहार्नका लागि वाध्य गराउँछन्। परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।
म परमप्रभुलाई प्रार्थना गर्नेछु र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ।
हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो प्रार्थना सुनिदिनु होस्।
हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु, र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।
यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।
हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। कृपया मेरो प्रार्थनालाई अनुग्रहको निम्ति अवहेलना नगरीदिनु होस्।
परमेश्वर, मलाई सुनिदिनोस् र जवाफ दिनुहोस् मलाई तपाईं प्रति बोल्न दिनुहोस् अनि मभित्रका पीडा र व्यथा, सुनिदिनुहोस्।
परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ। सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।
परमेश्वरले मलाई सुन्नुभयो। परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।
हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु। प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ त्यो मलाई मन पर्दछ।
“हिजकियाकहाँ जाऊ अनि भन उसलाई कि परमप्रभु, तिम्रो पिता-पुर्खा दाऊदका परमेश्वरले भन्नुहुन्छ, ‘मैले तिम्रो प्रार्थना सुनें अनि मैले तिम्रो आँशुहरू देखें। म तिम्रो आयु पन्ध्रह र्बष बढाईदिनेछु।
“अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हुँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्।
आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन।