Home Bibles ☰ Books भजनसंग्रह 88:13 · नेपाली बाइबल
भजनसंग्रह 88:13 · नेपाली बाइबल

हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु। प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।

Cross references

अय्यूब 10:21

जुन अँध्यारो, मृत्यु स्थान जहाँबाट कुनै मानिस फर्कदैन त्यस ठाउँमा जानु भन्दा अघि मेरो अलिकति बाँचेको समय मलाई उपभोग गर्न दिनुहोस्।

अय्यूब 10:22

अन्धकार, छायाँ र अन्योल जसलाई कसैले देख्न सक्तैन अनि त्यो ठाउँ जहाँ प्रकाश पनि कालो हुँदछ म त्यस्तो ठाउँमा पुग्न भन्दा पहिला, अघिनै मैले छाडेको थोरै समय मलाई उपभोग गर्न दिनुहोस्।

भजनसंग्रह 5:3

हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु, र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।

भजनसंग्रह 30:2

हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें र मलाई निको पार्नु भयो।

भजनसंग्रह 119:147

तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु।

उपदेशक 9:5

जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्‌न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्।

विलाप 3:56

तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्।”

मर्कूस 1:35

भोलिपल्ट बिहान, येशू चाँडै उठनुभयो। उहाँले घर छोडनुभयो, विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो।

Interlinear

Choose Theme