म परमप्रभुलाई प्रार्थना गर्नेछु र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ।
Cross references
यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
अनि यसो गर्दा, ती अन्य अगुवाहरू डराउँछन्।
तिनीहरूले खिल्ली उडाए। तर मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ, अनि म मेरो शत्रुहरूबाट बाँचे।
हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ तर तपाईंले मलाई उत्तर दिनु भएन अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ।
मेरा शत्रुहरूले मलाई घेरेका छन्। तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ। त्यसपछि म उहाँको पालमा बलि चढाउने छु। म आनन्दको जयकार सहित बलिदान गर्नेछु म परमप्रभुको सम्मानमा भजन गाउनेछु।
परमप्रभु मेरो शक्ति हुनुहुन्छ। उहाँ मेरो ढाल हुनुहुन्छ, म उहाँमाथि भरोसा गर्छु, म खुशी छु र उहाँको प्रशंसाको गीत गाउँछु।
म परमेश्वरको संगत पाउनलाई उहाँकहाँ गएँ। अनि उहाँले मलाई उत्तर दिनुभयो। मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।
हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्। तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
हे मानिसहरू! परमेश्वरमाथि सधैं भरोसा राख! तिमीहरूको सम्पूर्ण संकटहरू परमेश्वरलाई बताऊ। परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
मैले उहाँलाई प्रार्थना गरें, र मेरो जिब्रोबाट उहाँको गुणगान गरें।
हे सेनाहरूका परमप्रभु, मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।