“हिजकियाकहाँ जाऊ अनि भन उसलाई कि परमप्रभु, तिम्रो पिता-पुर्खा दाऊदका परमेश्वरले भन्नुहुन्छ, ‘मैले तिम्रो प्रार्थना सुनें अनि मैले तिम्रो आँशुहरू देखें। म तिम्रो आयु पन्ध्रह र्बष बढाईदिनेछु।
Cross references
नातानले राजा दाऊदलाई भने, “तपाईंलाई जे राम्रो लाग्छ त्यही गर्नुहोस्। परमप्रभु नै तपाईंसित हुनुहुन्छ।”
अब, हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना सेवक तथा मेरा पिता दाऊदसँग गरेको अर्को प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले भन्नुभएको थियो, ‘दाऊद, तिम्रा छोराहरूले ध्यानसँग मेरा आज्ञा पालन गरून् जसरी तिमीले गरेका थियौ। यदि तिनीहरूले यसो गरे भने तिम्रा वंशबाट कसैले सँधैनै इस्राएलका मानिसहरूमाथि शासन गर्ने छ।’
तिमीले मेरो सेवा त्यसरी नै गर जसरी तिम्रा पिता दाऊदले गरेका थिए। उनि असल र इमान्दारी थिए र तिमीले मैले आज्ञा गरेका सबै कुरा मानेर मेरा विधि-विधानहरू पालन गर्नै पर्छ।
तर म तिम्रा पिता दाऊदको कारण जबसम्म तिमी जीवित रहन्छौ, म तिम्रो राज्य लिने छैन। म तिम्रो छोरा राजा नभएसम्म पर्खिनेछु तब म तिनीबाट लिने छु।
दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो।
हिजकियाह 25 वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। हिजकियाहले यरूशलेममा 29 वर्ष शासन गरे। उनकी आमा जकर्याहकी छोरीको नाउँ अबी थियो।
हिजकियाहको शासनकालको 14औं वर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका सबै शक्तिशाली शहरहरूको विरोधमा युद्ध गर्न गए। सनहेरीबले ती सबै शहरहरू जिते।
आमोसका छोरा यशैयाहले हिजकियाहलाई यो सन्देश पठाए। उनले भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले म सित अश्शूरका राजा सनहेरिबको विषयमा प्रार्थना गर्यौ। मैले तिमीहरूको प्रार्थना सुनेको छु।’
नातानले दाऊदलाई उत्तर दिए, “तपाई जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नु हुन्छ। परमेश्वर तपाईसित हुनुहुन्छ।”
जब योशियाह उसको राज्यको आठौं वर्षमा पुगेका थिए तिनले परमेश्वरको अनुसरण गर्न शुरू गरे जसलाई तिनका पुर्खा दाऊदले अनुसरण गरेका थिए। योशियाह अझ सानै थिए जब तिनले परमेश्वरलाई पछ्याउन शुरू गरे। जब योशियाह उनी राजा राज्यको बाह्रौं वर्षमा थिए तिनले उच्च स्थानहरू, अशेरा स्तम्भहरू अनि मूर्तिहरू जो कुँदिएका थिए, अनि मूर्तिहरू जो यहूदा अनि यरूशलेमका साँचाहरूबाट निर्माण गरिएका थिए सबै नष्ट गर्न शुरू गरे।
मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ? तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो अनि कसैले पनि परिवर्तन गर्न सक्दैन।
परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।
उहाँको पाउन परमप्रभुलाई हेर, लज्जित नहोऊ उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।