म अरू देशहरूबाट दुष्ट मानिसहरू ल्याउँनेछु। अनि ती दुष्ट मानिसहरूले सबै इस्राएलका मानिसहरूका घरहरू पाउँनेछन्। म सबै शक्तिशाली मानिसहरूलाई घमण्डी हुनुबाट रोक्नेछु। अरू देशहरूका ती मानिसहरूले तिमीहरूको पूजा गर्ने सबै स्थानहरू लिनेछन्।
Cross references
पूजाहारीहरूले राखेको भूमि मात्र फिरऊनको होइन नत्र मिश्र देशको पुरै भूमि फिरऊनको हो।”
“तर, यदि तैंले मैले गरेका मेरा व्यवस्था अनि आदेशहरू पालन गर्दैनस् भने यदि तैंले अन्य देवताहरूको पूजा गर्छस् अनि तिनीहरूको सेवा गर्छस् भने।
ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए। तिनीहरूले त्यो मन्दिर जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो भूँईमा लडाए।
हे परमेश्वर, ती मानिसहरूले हामीलाई तपाईंको यो जमीनबाट खेद्न चाहन्छन्।
परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सुम्पनु भयो। शत्रुहरूले नै उनीहरूमा राज गरोस-भनेर उहाँले छोडी दिनुभयो।
तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।
एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ। जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ। तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ। तिम्रा शहरहरू नष्ट पार्नेछ अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ। तिनीहरूका खेतहरू र पत्नीहरू अन्य मानिसहरूलाई दिइनेछ। म यस भूमिका मानिसहरूमाथि मेरो हात उठाउनेछु।” यो सन्देश परमेश्वरबाट आएको हो।
मरूभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्। यो भूमिको एक कुनादेखि अर्को कुना सम्म परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ। कुनै जीवित वस्तु सुरक्षित रहने छैन।
तिमीहरूले मैले दिएको भूमि उम्काउनेछौ। विदेशमा तिमीहरूले शत्रुहरूको सेवा गर्नेछौ कारण तिमीहरूले मेरो क्रोधलाई तातो आगो झैं बनायौ जुन सदा सर्वदाका निम्ति बलिरहनेछ।”
हाम्रो भूमि प्रदेशीहरूको हातमा सुम्पिदिए हाम्रा घरहरू विदेशीहरूलाई सुम्पिदिए।
“हे मानिसको छोरो, यरूशलेमपट्टि ध्यान देऊ अनि त्यसको पवित्र स्थानहरूको विरूद्ध केही भन। मेरो निम्ति इस्राएल देशको विरूद्ध केही भन।
म तिम्रो विरूद्ध आफ्नो क्रोध खन्याउँछु। मेरो क्रोधले तिमीलाई तातो हावाले जस्तै जलाउँनेछ। म तिमीलाई क्रूर मानिसहरूको हातमा सुम्पिन्छु। ती मानिसहरू मानिसहरूलाई मार्नु सिपालु छन्।
इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्।
म विदेशीहरूलाई तिम्रो विरूद्धमा युद्ध गर्न लगाउँछु। तिनीहरू देश माझमा धेरै डरलाग्दा छन्, तिनीहरूले आफ्नो तरवार बाहिर निकाल्नेछन् अनि ती सुन्दर चीजहरूको विरूद्धमा चलाउनेछन् जुन तिमीले आफ्नो बुद्धिले कमायौं। तिनीहरूले तिम्रो गौरवलाई ध्वंश गरिदिनेछ।
त्यो देशले ती सबै चीजहरू गुमाउनेछ जसमाथि तिनीहरूलाई घमण्ड थियो। इस्राएलको पर्वत उजाड हुनेछ। त्यस ठाँउमा केही पनि हुनेछैन।
म बाबेलका मानिसहरुलाई शक्तिशाली बनाउँनेछु। तिनीहरु नीच अनि एकदमै शक्तिशाली लडाकुहरु छन्। तिनीहरु पृथ्वीका सबै ठाउँहरुमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरुले त्यो घरहरु अनि शहरहरुमा दखल गर्नेछन् जुन तिनीहरुका होइनन्।
तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।”