Home Bibles यर्मिया 26:18 · नेपाली बाइबल
यर्मिया 26:18 · नेपाली बाइबल

तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भनेसेनाहरूका परमप्रभु भन्नुहुन्छ “सियोन ध्वंस हुने छ। यो जोतेको खेतझैं हुनेछ। यरूशलेम ढुङ्गाको थाक हुनेछ। परमप्रभुको मन्दिर भएको डाँडा, जगंल र बनमाराहरूको रित्तो डाँडा बनिनेछ।“

Cross references

2 राजा 19:25

त्यो तिमीलाई भनेकै हो तर के तिमीले सुनेनौ परमेश्वरले के भन्नुभयो? “मैले धेरै अघि यो योजना गरें प्राचीनकाल देखि नै मैले यो योजना गरे। अनि अब, मैले यो हुन दिएको छु। मैले तिमीलाई सुदृढ शहरहरू भत्काउन दिएँ अनि तिनीहरूलाई चट्टानको थुप्रो बनाएँ।

नहेम्याह 4:2

अनि तिनका बन्धुहरू अनि सामरियाका सेनाहरू समक्ष तिनले भने, “ती कमजोर यहूदीहरू के गरिरहेछन्? के तिनीहरूले त्यो पर्खालेको पूर्ननिर्माण गर्न सक्छन्?” के तिनीहरूले बलिदान गर्नेछन्? के तिनीहरूले एकदिनमा शेष गर्नेछन्? के तिनीहरूले रद्दीको राशका ढुङ्गहरूलाई जलिसकेको भएता पनि जिउँदो तुल्याउन सक्छन्?”

भजनसंग्रह 79:1

हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए। ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।

यशैया 2:2

अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।

यर्मिया 9:11

“म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”

यर्मिया 17:3

म मेरो पहाड, तिमीहरूका सम्पत्ति अनि मूल्यवान वस्तुहरू लूटेको समान झैं अरूलाई दिनेछु। तिमीहरूले तिमीहरूको सम्पूर्ण देशमा पापको दाम स्वरूप म ती चीजहरू दिनेछु।

यर्मिया 51:37

बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।

मीका 1:1

परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरु यहूदाका राजाहरु थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।

मीका 3:12

हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।

जकरिया 8:3

परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”

Interlinear

Choose Theme