Home Bibles ☰ Books न्यायकर्ता 9:6 · नेपाली बाइबल
न्यायकर्ता 9:6 · नेपाली बाइबल

तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलेकलाई आफ्ना राजा बनाए।

Cross references

यहोशू 24:26

यहोशूले यी कुराहरू परमेशवरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेट्टाए। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नजीकै भएको फलाँटको रूख मुनि राखे।

2 शमूएल 5:9

दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए।

1 राजा 12:1

रहबाम राकेम गएका हुनाले रहबामलाई राजा बनाउनु सबै इस्राएलीहरू शकेम गएका थिए। नबातका छोरा यारोबाम अझै मिश्रमा थिए।

1 राजा 12:20

इस्राएलका सबै मानिसहरूले यारोबाम फर्किएर आएको सुने। त्यसकारण तिनीहरूले उनलाई सभामा बोलाए अनि उनलाई सम्पूर्ण इस्राएलको राजा बनाए। यहूदाको एउटा समूहले मात्र दाऊदको परिवारलाई अनुसरण गरिरह्यो।

1 राजा 12:25

शकेम एप्रेमको पहाडी प्रदेशमा एउटा शहर थियो। यारोबामले शकेमलाई अत्यन्त सुदृढ शहर बनाए अनि त्यहाँ बस्न थाले। त्यसपछि उनी पन्‌एल शहर गए अनि त्यसलाई शक्तिशाली बनाए।

2 राजा 12:20

योआशका अधिकारीहरूले उनको विरोधमा योजनाहरू बनाए। तिनीहरूले योआशलाई सिल्लासम्म जाने सडकमाथि मिल्लोको घरमा मारे।

Interlinear

Choose Theme