Home Bibles ☰ Books 2 शमूएल 5:9 · नेपाली बाइबल
2 शमूएल 5:9 · नेपाली बाइबल

दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए।

Cross references

न्यायकर्ता 9:6

तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलेकलाई आफ्ना राजा बनाए।

न्यायकर्ता 9:20

तर शकेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलेकले आगो निकालेर अनि तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।”

2 शमूएल 5:7

तर दाऊदले सियोन कै किल्ला जिते। त्यस किल्लालाई दाऊद शहर बनाइयो।)

2 शमूएल 6:10

दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे।

1 राजा 2:10

तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।

1 राजा 9:15

राजा सुलेमानले दासहरूलाई उसको महल र मन्दिर बनाउने काममा वाध्य गराएका थिए। तब उसले ती दासहरूलाई अरू धेरै सामानरू बनाउने काममा लगए। उनले मिलो निर्माण गरे। उनले यरूशलेमको वरिपरि पर्खाल पनि निर्माण गरे। तब उनले हासोर, मगिद्दो अनि गेसेर शहरहरू फेरि बनाए।

1 राजा 9:24

फिरऊनकी छोरी दाऊदको शहरबाट महलमा पुगी जो सुलेमानले उनकै लागि बनाएका थिए। तब उनले मिल्लो निर्माण गरे।

1 राजा 11:27

यही कारण हो कसरी यरोबाम राजाको विरूद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए।

2 राजा 12:21

शिम्मातका छोरा योजाबाद अनि शोमेरका छोरा यहोजाबाद योआशका अधिकारीहरू थिए। ती मानिसहरूले योआशलाई मारे।मानिसहरूले योआशलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडे। योआशका छोरा अमस्याह उनीपछि नयाँ राजा भए।

1 इतिहास 11:8

दाऊदले किल्ला वरिपरि शहर बसाए। तिनले यो मिल्लो देखि शहर वरिपरिको सबै ठाउँमा पर्खाल बनाए। योआबले शहरका अन्य भागको मर्मत गरे।

2 इतिहास 32:5

हिजकियाहले यरूशलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरेः तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भत्किएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यरूशलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए।

नहेम्याह 3:15

कोल-होजेका छोरा शल्लूम, मिस्पा जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणअनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बगैंचा छेऊ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे।

Interlinear

Choose Theme