Home Bibles न्यायकर्ता 9:7 · नेपाली बाइबल
न्यायकर्ता 9:7 · नेपाली बाइबल

योतामले सुने कि शकेम शहरका अगुवाहरूले अबीमेलेकलाई राजा बनाए। जब तिनले यो कुरा सुने, तिनी गए अनि गिरिज्जीम पर्वतको टाकुरामा उभिए। योतामले कराएर मानिसहरूलाई यो कथा सुनाएःशकेम शहरका प्रमुखहरू मेरो कुरा सुन। तब परमेश्वरलाई तिमीहरूको कुरा सुन्न देऊ।

Cross references

उत्पत्ति 37:6

यूसुफले भने, “मैले एउटा सपना देखें।

व्यवस्था 11:29

“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ।

व्यवस्था 27:12

“तिमीहरू यर्दन नदी पार गरे पछि मानिसहरूलाई आशीर्वाद दिनको निम्ति शिमोन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीन कुल समूह गीरीज्जीम डाँडामा हुनेछन्।

यहोशू 8:33

बूढा-प्रधान, अधिकारी, न्यायकर्त्ता अनि इस्राएलका समस्त मानिसहरू पवित्र सन्दूक वरिपरि लेवी पूजाहारीहरूका सामुन्ने उभिएका थिए जसले परमप्रभुको करारको पवित्र सन्दूक बोकेका थिए। इस्राएलका मानिसहरू अनि तिनीहरूसित भएका अन्य मानिसहरू सबै त्यहाँ उभिएका थिए। आधा मानिसहरू एबाल पर्वतको सामुन्ने उभिएका थिए अनि अर्को आधा मानिसहरू गीरिज्जीम पर्वतको सामुन्ने उभिएका थिए। परमप्रभुका दास मोशाले मानिसहरूलाई यसो गर्नु भनेका थिए। मोशाले तिनीहरूलाई यो आशीर्वादका निम्ति गर्नु भनेका थिए।

भजनसंग्रह 18:40

तपाईंले मलाई मेरा शत्रुहरूका घिच्रोमा हिर्काउने र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।

भजनसंग्रह 50:15

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”

हितोपदेश 1:28

तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ।

हितोपदेश 21:13

यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।

हितोपदेश 28:9

यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ।

यशैया 1:15

“तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।

यशैया 58:6

“म कुन प्रकारको विशेष दिन चाहन्छु, भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन्। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई संकटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।

मत्ती 18:26

तर त्यो नोकरले मालिकको खुट्टामा घोप्टो परेर विन्ती गर्यौ, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’

यूहन्ना 4:20

हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।”

याकूब 2:13

यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा उ निर्भय भएर रहन सक्ने छ।

Interlinear

Choose Theme