तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?”जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”
Cross references
दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ।
कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बाराक तबोर पर्वतमा थियो।
अहज्याहले दूतहरूलाई भने, “त्यो मानिस कस्तो देखिन्थ्यो जसले तिमीलाई भेट्यो अनि तिमीलाई यी कुराहरू भन्यो।”
मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्।
तिनीहरूले कम्मरमा पेटी अनि शिरमा लामो फेटा बाधेका थिए। तिनीहरू सबै रथको अधिकारी जस्ता देखिन्थे। तिनीहरू सबै बाबेलको जन्मभूमिमा उत्पन्न पुरूष जस्तो ज्ञात हुन्थ्यो।
यी मानिसहरु सदैव विरोध जनाउँछन् अनि अरुको त्रुटि खोज्छन्। तिनीहरुले सदैव तिनीहरुले गर्न चाहेका कुकर्महरु गर्छन्। तिनीहरु आफ्नै गर्व गर्छन्। तिनीहरुले अन्य मानिसहरुको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरु जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।