Home Bibles न्यायकर्ता 3:15 · नेपाली बाइबल
न्यायकर्ता 3:15 · नेपाली बाइबल

मानिसहरूले परमप्रभुसित विलाप गरे। यसै कारण परमप्रभुले इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहूद थियो। एहूद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहूदले आफ्ना देब्रेहातले लडाँई गर्ने तालिम लिएका थिए। इस्राएलका मानिसहरूले एहूदलाई मोआबका राजा एग्लोन कहाँ उपहारसितै पठाए।

Cross references

न्यायकर्ता 2:16

तब परमप्रभुले न्यायकर्त्ता भनिने अगुवाहरू चुन्नुभयो। यी अगुवाहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए।

न्यायकर्ता 3:9

तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे।

न्यायकर्ता 4:3

सीसरासित 900 फलामका रथहरू थिए। अनि बीस वर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे।

न्यायकर्ता 20:16

त्यसमा देब्रेहातद्वारा लडन सकने 700 प्रशिक्षित सैनिकहरू पनि थिए। तिनीहरू हरेकले अति कुशलतासित घुँयेत्रोको प्रयोग गर्न सक्थे। तिनीहरू सबैले एउटा कपाललाई पनि नचुक्ने गरि ढुङ्गा हान्न घुँयेत्रो प्रयोग गर्न सक्थे।

1 शमूएल 10:27

तर कोही बद्‌माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन।अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।

2 शमूएल 20:9

योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?”तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे।

2 शमूएल 20:10

अमासाले योआबको देब्रे हातमा भएको तरवार ख्यालै गरेनन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छ। अमासाको आन्द्रा भुँडी भुँइभरि हुन्छ। योआबले अर्कोचोटि रोप्न परेन ऊ मरिसकेको थियो।तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्।

1 इतिहास 8:3

बेलाका छोराहरू अद्दार, गेरा,

1 इतिहास 8:5

अहोह, गेरा शपूपान अनि हुराम थिए।

1 इतिहास 12:2

यी मानिसहरू आफ्ना दाहिने वा देब्रेहातले आफ्ना धनुहरूबाट काँड हान्न सिपालू थिए। तिनीहरूले दुवै हातले आफ्ना घुयेत्रोद्वारा पनि ढुँङ्ग हान्न सक्थे। तिनीहरू बिन्यामीनका कुल समूहका शाऊलका आफन्तहरू थिए। तिनीहरू थिए!

2 इतिहास 9:24

हरेक साल ती राजाहरूले सुलेमानका निम्ति भेटी ल्याउँथे। तिनीहरूले चाँदी अनि सुनले बनेका चीज बीजहरू, बस्त्रहरू, हतियारहरू, मसालाहरू, घोडाहरू अनि खच्चरहरू ल्याउँथे।

भजनसंग्रह 50:15

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”

भजनसंग्रह 78:34

जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू, उहाँप्रति परिश्रमी हुँदै फर्के। तिनीहरूले परमेश्वर कै खोजी गरे।

भजनसंग्रह 90:15

तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र संकटहरू दिनुभयो। अब हामीलाई खुशी वा सुखी पार्नुहोस्।

हितोपदेश 18:16

उपहारले एकजना मानिसको निम्ति ढोका उर्घाछ, अनि त्यो मानिस महापुरूषहरूको सामुन्ने पुग्न सक्छ।

हितोपदेश 19:6

धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।

हितोपदेश 21:14

गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।

यशैया 36:16

हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ।

यर्मिया 29:12

त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु।

यर्मिया 33:3

“यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।

Interlinear

Choose Theme