यी मानिसहरू आफ्ना दाहिने वा देब्रेहातले आफ्ना धनुहरूबाट काँड हान्न सिपालू थिए। तिनीहरूले दुवै हातले आफ्ना घुयेत्रोद्वारा पनि ढुँङ्ग हान्न सक्थे। तिनीहरू बिन्यामीनका कुल समूहका शाऊलका आफन्तहरू थिए। तिनीहरू थिए!
Cross references
मानिसहरूले परमप्रभुसित विलाप गरे। यसै कारण परमप्रभुले इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहूद थियो। एहूद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहूदले आफ्ना देब्रेहातले लडाँई गर्ने तालिम लिएका थिए। इस्राएलका मानिसहरूले एहूदलाई मोआबका राजा एग्लोन कहाँ उपहारसितै पठाए।
त्यसमा देब्रेहातद्वारा लडन सकने 700 प्रशिक्षित सैनिकहरू पनि थिए। तिनीहरू हरेकले अति कुशलतासित घुँयेत्रोको प्रयोग गर्न सक्थे। तिनीहरू सबैले एउटा कपाललाई पनि नचुक्ने गरि ढुङ्गा हान्न घुँयेत्रो प्रयोग गर्न सक्थे।
दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो।
ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए।यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।
बिन्यामीन कुल समूहबाट 3,000 मानिसहरू थिए। तिनीहरू शाऊलका आफन्तहरू थिए। धेरै जसो यी मानिसहरू त्यस बेलासम्म शाऊलका परिवार प्रति विश्वसनीय रहे।