हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ।
Cross references
तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदैछन्।”‘याकूबले सोच्यो, “यदि यी उपहारहरूसंगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।”
यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।
याबेशका प्रमुखले भने, “हामीलाई सात दिनको समय दिनुहोस्। सारा इस्राएलमा हामी दूत पठाउँछौ। यदि कोही पनि सहायता गर्न आएनन् भने हामी आएर तपाईंको अघि समर्पित हुनेछौं।”
मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्।
त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जता-ततै विजय गराउनु भयो।
यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए।
सुलेमानको जीवनकालमा यहूदा अनि इस्राएलमा, दानदेखि बेर्शेबासम्मका सबै मानिसहरू शान्ति अनि सुरक्षामा थिए। मानिसहरू आफ्नै अंजीरका रूख अनि दाखको लहरा मुनी शान्तिका साथ बस्ने गर्दथे।
नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”
तर हिजकियाहका कुरा नसुन्!“अश्शूरका राजा यस्तो भन्दछन्; ‘मसित शान्ति सन्धि गर अनि मसँग मिल। तब तिमीहरूमध्ये प्रत्येकले आफ्नो आइफल, आफ्नै अंञ्जीर फल अनि आफ्नै कपको पानी खान सक्ने छौ।
यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं वर्षमा भयो।
तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर।
तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरुलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरु भन्नु भएकोछ।
त्यस दिन प्रत्येक मानिसले तिनीहरुको छिमेकिहरुलाई तिमीहरुको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”
त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।