यिप्तहले अम्मोनी राजाकहाँ दूतहरू पठाए। ती दूतहरूले राजालाई यो सन्देश दिएः “अम्मोनी अनि इस्राएलका मानिसहरू माझ के समस्या छ? तिमीहरू किन हाम्रो देशमा लडई गर्न आएका छौ?”
Cross references
मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाई इस्राएलले यसो भन्छ, “हामीमाथि आई परेका आफ्दहरू तपाईंलाई थाहा छ।
इस्राएलले आफ्नो केही मानिसहरू एमोरीहरूका राजा सीहोन कहाँ पठाए। ती मानिसहरूले राजालाई भने,
“जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फतू पठाएँ। तिनीहरूले भने,
“जब तिमीहरू शहर आक्रमण गर्न जान्छौ, त्यस समय तिमीहरूले मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नु पर्छ।
यिप्तहले तिनीहरूलाई उत्तर दिए, “अम्मोनी मानिसहरूले हामीलाई अनेक समस्याहरू उत्पन्न गराइरहे। यसर्थ म अनि मेरो मानिसहरू तिनीहरूको विरूद्ध लडेका हौं। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरू हामीलाई सहायता गर्न आएनौ।
अमस्याहले इस्राएलका राजा येहूका नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखामुख गर्यौ अनि युद्ध गर्यौ।”
न्यायकर्त्तालाई तिमीले देखेको कुरा तत्कालै नभनी हाल। यदि तिमी त्यसो गर्दा अर्को मानिसले तिम्रो कुरोलाई असत्य प्रमाण गरिदिए तिमी अप्ठेरोमा पर्नेछौ।
“यदि तिम्रा भाइ वा बहीनीले तिम्रो विरुद्धमा केही गल्ती गर्यो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गल्ती गरेको छ भनेर सम्झाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायौ।