Home Bibles ☰ Books न्यायकर्ता 11:13 · नेपाली बाइबल
न्यायकर्ता 11:13 · नेपाली बाइबल

अम्मोनी मानिसहरूका राजाले यिप्तहका दूतहरूलाई भने, “हामी इस्राएलको विरूद्ध लडिरहेका छौ किनभने जब इस्राएलका मानिसहरू मिस्रदेशबाट आए तिनीहरूले हाम्रो सीमाना लिए। तिनीहरूले अर्नोन नदी र यब्बोक नदीको बीचको हाम्रो भूमि यर्दन नदी सम्म लिए। इस्राएली मानिसहरूलाई हाम्रो भूमि हामीलाई शान्तिसित फर्काइदिनु भनिदिनु होस्।”

Cross references

उत्पत्ति 32:22

त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्‌यो। उसले आफूसँग दुइ पत्नी, दुइ कमारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्‌यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्यो।

गन्ती 21:24

तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए।

व्यवस्था 2:37

तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ।

व्यवस्था 3:16

रूबेनी र गादका कुल समूहहरूलाई मैले गिलाद सीमानाबाट शुरू भएको भूमि दिएँ। यो भूमि अर्नोन बेंसीबाट यब्बोक नदीसम्म फिंजिएको छ। यब्बोक नदी अम्मोनी मानिसहरूको सिमाना पर्छ र बेंसीको मध्यभाग एकापट्टिको सिमाना हो।

हितोपदेश 19:5

झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।

हितोपदेश 19:9

एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।

Interlinear

Choose Theme