Home Bibles गन्ती 20:14 · नेपाली बाइबल
गन्ती 20:14 · नेपाली बाइबल

मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाई इस्राएलले यसो भन्छ, “हामीमाथि आई परेका आफ्दहरू तपाईंलाई थाहा छ।

Cross references

उत्पत्ति 25:25

पहिलो छोरो रातो वर्णको थियो अनि उसको छाला भुत्लाले बनिएको लुगा जस्तो थियो। यसर्थ उसको नाउँ एसाव राखियो।

उत्पत्ति 25:26

जब दोस्रो छोरो जन्मियो। उनले पहिलो छोरो एसावको कुर्कुच्चा बलियोसित समातेको थियो। यसैले उसको नाउँ याकूब राखियो। एसाव र याकूब जन्मदा इसहाक साठी वर्ष पुगेका थिए।

उत्पत्ति 32:3

याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो।

उत्पत्ति 32:29

तब याकूबले उनलाई सोधे, “दया गरी मलाई तँपाइको नाउँ बताउनु होस्।”तर त्यस मानिसले भने, “तिमीले मेरो नाउँ किन सोध्नु पर्यो?” त्यस बेला त्यस मानिसले याकूबलाई आशीर्वाद दियो।

उत्पत्ति 36:31

त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।

प्रस्थान 18:8

मोशाले यित्रोलाई प्रत्येक कुरा भने जे परमप्रभुले इस्राएलीहरूको निम्ति फिरऊन र मिश्रलाई गर्नु भएको थियो। मोशाले यित्रोलाई तिनीहरूले यात्रा गर्दा सामना गर्नु परेको स्थितिहरू पनि बताए। परमप्रभुले इस्राएलीहरूलाई सकंट घडीमा कसरी बचाउनु भयो त्यो पनि मोशाले आफ्नो ससुरालाई बताए।

व्यवस्था 2:4

मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस।

व्यवस्था 23:7

“तिमीहरूले एदोमीहरूलाई घृणा गर्नु हुँदैन कारण उनीहरू तिमीहरूको सम्बन्धीहरू हो। तिमीहरूले इस्राएलीलाई घृणा गर्नु हुँदैन कारण तिनीहरूको भूमिमा तिमीहरू विदेशी थियौ।

यहोशू 9:9

ती मानिसहरूले उत्तर दिए, “हामी तपाईंका दास हौं। हामी अति टाढा देशबाट आएका हौं। हामी आयौं किनभने परमप्रभु तपाईंहरूका परमेश्वरले मिश्रमा गर्नु भएको सबै महान कार्यहरूको विवरण हामीले सुन्यौ।

न्यायकर्ता 11:16

जब इस्राएलका मानिसहरू मिस्रदेशको भूमि बाहिर निस्के, इस्राएलका मानिसहरू मरूभूमि तिर गए। इस्राएलका मानिसहरू लाल समुद्रमा गए। त्यसपछि तिनीहरू कादेश गए।

न्यायकर्ता 11:17

इस्राएलका मानिसहरूले एदोमका राजाकहाँ दूतहरू पठाए। दूतहरूले एक सुविधाको याचना गरे। तिनीहरूले भने, “इस्राएलका मानिसहरूलाई तपाईंको देश भएर पार हुन दिनुहोस्।” तर एदोमका राजाले हामीलाई तिनीहरूको भूमि भएर जान दिएनन्। हामीले यस्तै सन्देश मोआबका राजा कहाँ पनि पठायौं। तर मोआबका राजाले पनि हामीलाई उसको भूमि भएर जान दिएनन्। यसर्थ इस्राएलका मानिसहरू कादेशमानै बसे।

ओबदिया 1:10

तिमी लाजले पूरिने छौ अनि तिमी सधैंको निम्ति नष्ट हुनेछौ। किनकि आफ्नो भाइ याकूब प्रति तिमी अत्यन्तै निर्दयी भयौ।

मलाकी 1:2

परमप्रभु भन्नुहुन्छ, “मानिसहरू, म तिमीहरूलाई प्रेम गर्छु।” तर तिमीहरूले भन्यौ, “तपाईंले हामीलाई प्रेम गर्नुहुन्छ भनेर कसरी थाहा पाउँनु?”परमप्रभुले भन्नुभयो, “एसाव याकूको दाजू थियो, थिएन र? तर मैले याकूवलाई चुनें।

Interlinear

Choose Theme