अमस्याहले इस्राएलका राजा येहूका नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखामुख गर्यौ अनि युद्ध गर्यौ।”
Cross references
यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायौ भने म अबीमेलेकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आऊ।”‘
अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।”योआबले भने, “ठीक छ होडबाजी होस्।”
तर अमस्याहले योआशको चेताउनी नसुने जस्तो गरे। यसकारण इस्राएलका राजा योआश यहूदाको वेतशेमेशमा यहूदाका राजा अमस्याहको विरोधमा युद्ध गर्न हिंडे।
अमस्याह एदोमी मानिसहरूलाई परास्त गरे पछि घर आए। तिनले सेइरका मानिसहरूले पूजा गर्ने मूर्तिहरू ल्याए। अमस्याहले ती मूर्तिहरूको पूजा गर्न शुरू गरे। तिनी ती मूर्तिहरू अघि झुके अनि तिनीहरूका निम्ति धूप बाले।
यहूदाका राजा अमस्याहले आफ्ना परामर्शदाताहरू सित कुरा गरे। तब तिनले इस्राएलका राजा योआशलाई एक संन्देश पठाए। अमस्याहले योआशलाई भने, “हामी मुखा-मुखी भेट गरौं।” योआश यहोआहाजका छोरा थिए। योआहाज येहूका छोरा थिए।
घमण्डले झगडा मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।
झगडा शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।
मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ उसको मुखले थप्पड खोज्छ।
कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु।
न्यायकर्त्तालाई तिमीले देखेको कुरा तत्कालै नभनी हाल। यदि तिमी त्यसो गर्दा अर्को मानिसले तिम्रो कुरोलाई असत्य प्रमाण गरिदिए तिमी अप्ठेरोमा पर्नेछौ।