Home Bibles न्यायकर्ता 1:27 · नेपाली बाइबल
न्यायकर्ता 1:27 · नेपाली बाइबल

कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे।

Cross references

प्रस्थान 23:32

तिमीले ती मानिसहरू अथवा तिनीहरूका देवी-देवताहरूसित कुनै करार गर्नु हुँदैन।

व्यवस्था 7:2

परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।

यहोशू 17:11

मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा पनि शहरहरू पनि थिए। बेत्शान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मिगद्दो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे।

यहोशू 21:25

मनश्शेको आधा कुल समूहले तिनीहरूलाई तानाक र गत्रिम्मोन दिए। यो मनश्शेको आधा कुल समूहले तिनीहरूलाई दुइ शहर अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

न्यायकर्ता 1:1

यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”

न्यायकर्ता 1:21

बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।

न्यायकर्ता 5:19

कनानका राजाहरू युद्ध गर्न आए, तर तिनीहरूले कुनै खजाना घरतिर लगेनन्। तिनीहरू मगिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे।

1 शमूएल 15:9

शाऊल र इस्राएली सैनिकहरूले सम्पूर्ण कुराहरू नष्ट गर्दा नराम्रो मन गरे। यसर्थ तिनीहरूले अगागलाई मारेनन् र बलिया गाईहरू राम्रा जातका भेडा र पाठाहरू पनि बचाएर राखे। राख्न योग्यका सामानहरू राखेर काम नलाग्ने जति नष्ट गरे।

1 शमूएल 31:10

तिनीहरूले शाऊलको हात-हतियारहरू अश्तारोतको मन्दिरमा राखे। शाऊलको लासचाहिं बेतशानको भित्तामा झुण्डाए।

1 राजा 9:21

इस्राएलीहरू ती मानिसहरूलाई सर्वनाश पार्न योग्य भएनन्। तर सुलेमानले तिनीहरूलाई दासको रूपमा काम गर्न वाध्य गराए। तिनीहरू अझै पनि दास नै छन्।

2 राजा 23:29

योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अश्शूरका राजाको विरूद्धमा युद्ध गर्न यूफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्दोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे।

भजनसंग्रह 106:34

परमप्रभुले अन्य जातिहरूलाई ध्वंश पार्न मानिसहरूलाई आज्ञा दिनु भयो। तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।

यर्मिया 48:10

श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ। धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन।

Interlinear

Choose Theme