Home Bibles न्यायकर्ता 5:19 · नेपाली बाइबल
न्यायकर्ता 5:19 · नेपाली बाइबल

कनानका राजाहरू युद्ध गर्न आए, तर तिनीहरूले कुनै खजाना घरतिर लगेनन्। तिनीहरू मगिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे।

Cross references

उत्पत्ति 4:16

तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।

उत्पत्ति 14:22

तर अब्रामले सदोमका राजालाई भने, “म सर्वोच्च परमप्रभु परमेश्वरसित जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, प्रतिज्ञा गरेको छु।

यहोशू 10:22

यहोशूले भने, “गुफाको द्वारामा बन्द गरेका ढुङ्गाहरू हटाऊ। ती पाँचजना राजाहरूलाई मकहाँ ल्याऊ।”

यहोशू 11:1

हासोरका राजा याबीनले जो भयो त्यस विषयमा सबै कुरा सुने। यसर्थ तिनले अनेक राजाहरूका सेनाहरूलाई साथ बोलाउने निश्चिय गरे। याबीनले मादोनका राजा, योबाब शिम्रोनका राजा, आक्षापका राजा,

यहोशू 12:21

तानाकका राजा1मगिद्दोका राजा1

यहोशू 17:11

मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा पनि शहरहरू पनि थिए। बेत्शान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मिगद्दो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे।

न्यायकर्ता 1:27

कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे।

न्यायकर्ता 4:13

यसर्थ सीसराले आफ्ना 900 फलामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हग्गोयिम शहरदेखि कीशोन नदी तर्फ हिंडे।

न्यायकर्ता 5:30

“म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे, अनि अहिले तिनीहरू, तिनीहरूले पराजित गरेका मानिसहरूका चीजहरू लिंदैछन्। तिनीहरू ती चीजहरू तिनीहरू स्वयंमा बाँडदैछन्। प्रत्येक सैनिकहरू एक अथवा दुइ जना युवतीहरू लिंदैछन्। हुनसक्छ, सीसराले एक टुक्वा रंगीन वस्त्र भेट्टाए। त्यो यही हो! सीसराले एक टुक्वा बेल-बुट्टादार वस्त्र। हुन सक्छ दुइ टुक्वा विजेता सीसराले लाउनका निम्ति भेट्टाए।”

1 राजा 4:12

अहीलूदका छोरा बाना तानाक अनि मगिद्दो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिज्रेलको तल बेत-शानदेखि लिएर योकमाम पारि आबेल-महोलासम्म थियो।

भजनसंग्रह 44:12

हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू सित्तैमा बेचिदिनु भयो, तपाईंले तिनीहरूको दर दाम पनि गर्नु भएन।

भजनसंग्रह 48:4

एक समय, केही राजाहरू आपस्तमा भेट गरे। तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे। तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।

भजनसंग्रह 68:12

“शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए! नारीहरूले लुटका सामान घर-घरमा भाग गरेर राखेकी छन् जुन सिपाहीहरूले युद्धबाट ल्याएका थिए। ती मानिसहरू जो घरमा बसेका छन् तिनीहरूले सम्पत्ति बाँडने छन्।

भजनसंग्रह 68:13

तिनीहरूले चाँदीले छोपीएका ढुकुरका पखेंटाहरू पाउने छन्। तिनीहरूले सुनका चमकले टल्किरहेका पखेंटाहरू पाउने छन्।”

भजनसंग्रह 118:8

मानिसहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।

प्रकाश 17:12

“तिमीले देखेका दशवटा सीङ्गहरु दश राजाहरु हुन्। यी दश राजाहरुले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरुले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्।

प्रकाश 19:19

त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरु देखें। तिनीहरुका सेनाहरु घोड-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए।

Interlinear

Choose Theme