Home Bibles ☰ Books न्यायकर्ता 1:28 · नेपाली बाइबल
न्यायकर्ता 1:28 · नेपाली बाइबल

पछि इस्राएलका मानिसहरू शक्तिशाली भए अनि कनानी मानिसहरूलाई तिनीहरूका दासको रूपमा कार्य गर्न बाध्य तुल्याए। तर इस्राएलका मानिसहरूले समस्त कनानी मानिसहरूलाई तिनीहरूका भूमि छोड्न बाध्य तुल्याउन सकेनन्।

Cross references

उत्पत्ति 9:25

तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरुको कमारो हुनेछ।”

उत्पत्ति 9:26

तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन् कनान उनको दास बनियोस्।

व्यवस्था 20:11

यदि ती मानिसहरूले शान्तिको प्रस्ताव स्वीकार गरेर मूल ढोकाहरू खोलीदिए तिनीहरू कमाराहरू हुनेछन् र आफ्नो काममा लाग्ने छन्।

यहोशू 17:13

तर इस्राएलका मानिसहरू शक्तिशाली भए। जब यस्तो भयो तब तिनीहरूले कनानका मानिसहरूलाई आफ्ना निम्ति काम गर्न बाध्य तुल्याए। तिनीहरूले कनानी मानिसहरूलाई त्यो भूमि छोड्न बाध्य तुल्याएनन्।

1 शमूएल 14:24

त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरूञ्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्।

Interlinear

Choose Theme