Home Bibles यहोशू 6:1 · नेपाली बाइबल
यहोशू 6:1 · नेपाली बाइबल

यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।

Cross references

यहोशू 2:1

नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।

यहोशू 2:7

यसकारण राजाका मानिसहरू शहरबाट बाहिर गए, अनि मानिसहरूले शहर-द्वारहरू बन्द गरे। राजाका मानिसहरूले इस्राएलका ती दुई मानिसहरूलाई खोज्न गए। तिनीहरू यर्दन नदीतर्फ गए अनि ती सबै ठाउँहरू तिर हेरे जहाँ मानिसहरू नदी पार गर्थे।

यहोशू 2:9

राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।

यहोशू 2:24

तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले साँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”

यहोशू 16:7

त्यसपछि त्यो सीमाना यानोह देखि तलतिर अतारोत अनि नारासम्म गएको थियो। त्यो सीमाना यरीहोलाई नछोए सम्म लगातार गएर यर्दन नदीमा समाप्त भएको थिए।

यहोशू 18:21

प्रत्येक कुलले आफ्नो भूमि प्राप्त गरे। यी तिनीहरूका शहरहरू थिएः यरीहो, बेथोग्ला, एमोकसीस।

2 शमूएल 10:5

जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाह्री लामो नभइञ्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नेछौ। तब पछी यरूशलेम आउँछौ।”

2 राजा 2:4

एलियाले एलीशालाई भने, “कृपया यहीं पर्ख, किनभने परमप्रभुले मलाई यरीहोमा जानु भन्नुभएको छ।”एलीशाले उत्तर दिए, “म शपथ खाएर भन्छु किनभने परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदो छौ, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू यरीहोमा गए।

2 राजा 17:4

पछि होशेले मिश्रका राजालाई मद्दत माग्न दूत पठाए। त्यस राजाको नाउँ ‘सो’ थियो। त्यस वर्ष होशेले अश्शूरका राजालाई प्रत्येक वर्ष दिए जस्तै कर दिएनन्। अश्शूरका राजाले थाहपाए, होशेले उनको विरोधमा षड्‌यन्त्र रचेका छन्। यस कारण अश्शूरका राजाले होशेलाई बन्दी बनाए अनि जेलमा थुने।

भजनसंग्रह 127:1

यदि घर बनाउँने परमप्रभु हुनुहुन्छ भने। घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।

Interlinear

Choose Theme