Home Bibles 2 शमूएल 10:5 · नेपाली बाइबल
2 शमूएल 10:5 · नेपाली बाइबल

जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाह्री लामो नभइञ्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नेछौ। तब पछी यरूशलेम आउँछौ।”

Cross references

यहोशू 6:1

यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।

यहोशू 6:24

त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे।

1 राजा 16:34

आहाबको शासनकालमा हीएलले जो बेतेलका थिए यरीहो शहर फेरि बसाए। त्यस समय हीएलले शहरमा काम शुरू गर्दा उनको ठूलो छोरा अबीरामको मृत्यु भयो। अनि जब हीएलले शहरको फाटक बनाए, उनको सानो छोरो सगूब मर्यो। यो त्यसरी नै भयो जसरी परमप्रभुले यस्तो हुन्छ भनी न्‌नको छोरा यहोशूद्वारा बोल्नु भएको थियो।

1 इतिहास 19:5

दाऊदका मानिसहरूलाई घर जान अप्ठेरो पर्यो। केही मानिसहरू दाऊद कहाँ गए अनि तिनका मानिसहरू प्रति के घटना घटयो सो भने। यसर्थ राजा दाऊदले आफ्ना मानिसहरूलाई यो समाचार पठाए “तिनीहरू तिमीहरूको दाह्री फेरि नबढुञ्जेल यरीहो शहरमै बस्नु। त्यस पछि तिमीहरू घर फर्केर आउन सक्छौ।”

Interlinear

Choose Theme