पछि होशेले मिश्रका राजालाई मद्दत माग्न दूत पठाए। त्यस राजाको नाउँ ‘सो’ थियो। त्यस वर्ष होशेले अश्शूरका राजालाई प्रत्येक वर्ष दिए जस्तै कर दिएनन्। अश्शूरका राजाले थाहपाए, होशेले उनको विरोधमा षड्यन्त्र रचेका छन्। यस कारण अश्शूरका राजाले होशेलाई बन्दी बनाए अनि जेलमा थुने।
Cross references
तब यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा एउटा सन्देश पठाए। हिजकियाहले भने, “मैले भूल गरेको छु। मलाई एक्लै छोडिदेऊ। तब तिमीले मागेको जे पनि तिर्न तयार हुनेछु।”तब अश्शूरका राजाले यहूदाका राजा हिजकियाहलाई 300 तोडा भन्दा बढी चाँदी तथा 30 तोडा भन्दा बढी सुन तिर्न् भने।
तिमी भाँचिएको बेतको लौरोको मद्दत लिंदै छौ। यो हिंड्ने लौरो मिश्र हो। यदि कोही मानिस यस लौरोको मद्दत लिन्छ भने यो भाँचिन्छ र हातउँदो गएर घाइते बनाउँछ। मिश्रका राजा त्यस्तै हुन ती मानिसहरूका लागि जो उनलाई विश्वास गर्छन्।
यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन वर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए।
परमप्रभु यरूशलेममा र यहूदा माथि साह्रै रिसाउनुभयो र नै तिनीहरूलाई टाढा पन्छ्याउनुभयो।सिदकियाहले विद्रोह गरे अनि बाबेलका राजाको आज्ञा पालन गर्न अस्वीकार गरे।
तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै सामु मारे। तब तिनीहरूले सिदकियाहका आखाँहरू निकाले तिनीहरूले उनलाई साङ्गलाले बाँधे अनि बाबेल पुर्याए।
हिजकियाहले तिमीहरूलाई मूर्ख बनाउँदै छन्। तिमीहरूलाई छल गरेर यरूशलेममा बसिरहन लाएका छन् जसमा कि तिमीहरू भोक र तिर्खाद्वारा मर्ने छौ। हिजकियाहले तिमीहरूलाई भन्छन्, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजा देखि बचाउँनु हुन्छ।”
आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ। ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।
परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्।
मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।
त्यसपछि नबूकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबूकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबूकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबूकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो।
अन्य जातिहरूलाई तिनीहरूले ‘ज्यालामा’ राखे तापनि म तिनीहरूलाई अब चाँडै जम्मा गर्नेछु, राजा र भारादारहरूलाई अभिषेक गर्न केही समयका निम्ति तिनीहरू रोकिन्छन्।
तिनीहरू प्रतिज्ञा गर्छन। तर तिनीहरू केवल झूटो बोल्छन। तिनीहरू आफ्नो प्रतिज्ञा पूरा गर्दैनन्। अत तिनीहरूले जोतेका खेतमा उम्रिएको विषालु झापरात जस्तै विवाद बढ्छ।
परमप्रभु भन्नुहुन्छ, “मेरो तर्क यहूदाको विरूद्धमा छ। याकुबलाई उसले गरेको कर्मका निम्ति दण्ड दिनुपर्छ। उसलाई उसले गरेको कु-कर्मका निम्ति निश्चय नै दण्ड दिनुपर्छ।