Home Bibles यहोशू 18:21 · नेपाली बाइबल
यहोशू 18:21 · नेपाली बाइबल

प्रत्येक कुलले आफ्नो भूमि प्राप्त गरे। यी तिनीहरूका शहरहरू थिएः यरीहो, बेथोग्ला, एमोकसीस।

Cross references

यहोशू 2:1

नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।

यहोशू 6:1

यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।

यहोशू 15:6

बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन, रूबेनका छोरा थिए।)

यहोशू 18:12

यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो।

यहोशू 18:19

त्यसपछि त्यो सीमाना बथोग्लाको उत्तर तर्फ भएर खारा समुद्रको उत्तरी किनारमा अन्त भएको थियो। यो त्यही स्थान हो जहाँ पुगेर यर्दन नदी समुद्रमा प्रवेश हुन्छ। त्यो दक्षिणी सीमाना थियो।

न्यायकर्ता 1:16

मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसंग खजूरका रूखहरूको शहरबाट आराद नजीक नेगेवमा भएको यहूदाको मरूभूमिमा गए, र त्यहाँका मानिसहरूसंग बसोबास गर्न लागे।

लूका 10:30

यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भुँईमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।

लूका 19:1

येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो।

Interlinear

Choose Theme