Home Bibles ☰ Books यहोशू 4:9 · नेपाली बाइबल
यहोशू 4:9 · नेपाली बाइबल

यहोशूले बाह्रवटा ढुङ्गाहरू यर्दन नदीका माझमा राखे। उसले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ परमप्रभुको पवित्र सन्दूक बोक्दा पूजाहारीहरू उभिएका थिए। त्यस स्थानमा ती ढुङ्गाहरू आजसम्म पनि छन्।

Cross references

उत्पत्ति 26:33

यसकारण इसहाकले त्यसको नाउँ शिबा राखे र अहिले पनि त्यस शहरको नाउँ बेर्शेबा भनिन्छ।एसाव र उनका पत्नीहरू

उत्पत्ति 28:18

अर्को दिन बिहान याकूब चाँडै उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारेर राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले त्स चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए।

प्रस्थान 24:12

परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”

प्रस्थान 28:21

प्रत्येक रत्नमा इस्राएलको बाह्र वंशहरूमध्ये एक-एकको नाउँ खोपिएको हुनुपर्छ। खोप्ने काम निपुणतासंग गरिएको हुनु पर्छ।

व्यवस्था 34:6

परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन।

यहोशू 24:26

यहोशूले यी कुराहरू परमेशवरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेट्टाए। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नजीकै भएको फलाँटको रूख मुनि राखे।

न्यायकर्ता 1:26

त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हित्ती मानिसहरू बस्थे र शहर निर्माण गर्यो। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ।

1 शमूएल 7:12

त्यस पछि शमूएलले एउटा विशेष ढुङ्गालाई स्मारकको रूपमा मिस्पा र शेनको गाऊँको बीचमा राखे र “सहायताको चट्टान”नाउँ दिए। शमूएलले भने, “परमप्रभुले यस ठाउँसम्म बाटोभरी नै हामीलाई सहायता गर्नुभयो।”

1 शमूएल 30:25

दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।

2 शमूएल 4:3

तर बेरोतका सबै मानिसहरू गित्तैममा भागे र अहिले सम्म तिनीहरू त्यहीं छन्।)

1 राजा 18:31

एलियाले 12 वटा ढुङ्गाहरू पाए। प्रत्येक ढुङ्गा याकूबका सन्तानबाटका त्यो एउटा कुल समूहको निम्ति खडा थियो। याकूब त्यो मानिस थियो जसलाई परमप्रभुले इस्राएल नाउ दिनुभयोको थियो।

2 इतिहास 5:9

ती डन्डाहरू यति लामा थिए कि तिनीहरूको टुप्पो महा पवित्र स्थानको सामुन्नेबाट नै देख्न सकिन्थ्यो। तर कुनै व्यक्तिले पनि ती डंण्डाहरूलाई मन्दिरको बाहिरबाट देख्न सक्तैन थियो। ती डंण्डाहरू आज सम्म पनि त्यहीं छन्।

Interlinear

Choose Theme