प्रत्येक रत्नमा इस्राएलको बाह्र वंशहरूमध्ये एक-एकको नाउँ खोपिएको हुनुपर्छ। खोप्ने काम निपुणतासंग गरिएको हुनु पर्छ।
Cross references
अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे।
एलियाले 12 वटा ढुङ्गाहरू पाए। प्रत्येक ढुङ्गा याकूबका सन्तानबाटका त्यो एउटा कुल समूहको निम्ति खडा थियो। याकूब त्यो मानिस थियो जसलाई परमप्रभुले इस्राएल नाउ दिनुभयोको थियो।
म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस् ताकि सदासर्वदा रहनेछन्।
त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले उहाँका मानिसहरूलाई गोठालोले आफ्ना भेडाहरू बचाए झैं बचाउँनु हुनेछ। तिनीहरू उहाँको निम्ति अत्यन्तै मूल्यवान हुनेछन्। त्यो उहाँको हातमा चम्कने रत्न जस्तै हुनेछ।
मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।
परमेश्वर अनि परमप्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादनपरमेश्वरको सम्पूर्ण मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएका छन् अभिवादन!
तब मैले, कति जना मानिसहरुलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरु इस्राएलका मानिसहरुको हरेक कुल समूहबाट थिए।
त्यो नगरमा बाह्र ढोकाहरुसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरु थिए। प्रत्येक ढोकामा इस्राएलीहरुका बाह्र वंशहरु मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो।