परमप्रभुले यहोशूलाई आज्ञा दिनु भएको थियो कि मानिसहरूलाई भन कि तिनीहरूले के गर्नु पर्छ। ती यी कुराहरू थिए जो मोशा र यहोशूले गर्नैपर्छ भनेका थिए। जबसम्म पवित्र सन्दूक बोकेर पूजाहारीहरू नदीको माझमा उभिरहे तबसम्म ती कुराहरू पूरा भएनन्। मानिसहरू हत्तारिएर नदीपारि गए।
Cross references
ती मानिसहरूसंग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन।
यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, ‘तब तिनीहरू घर जानेछन्।”
तब मोशाले व्यवस्था लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए।
पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”
अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे।
त्यस स्थानको भूमि सूक्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पर्खिए तब इस्राएलका सबै मानिसहरू सूख्खा भूमि भएर हिंडेर यर्दन नदी पारी पुगे।
त्यसपछि तिमीहरू यर्दन नदी पारी यरीहो शहर तर्फ गयौ। यरीहोका मानिसहरू तिमीहरू विरूद्ध लडे। एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हव्वी अनि यबूसी मानिसहरू पनि तिमीहरू विरूद्ध लडे। तर मैले तिनीहरू सबैलाई तिमीहरूलाई परास्त गर्न दिएँ।
कुनै विलम्ब नगरीकन हतारिन्दै म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें।
तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।
ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।
परमेश्वर भन्नु हुन्छः“ठीक समयमा मैले तिमीलाई सुनें अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” यशैया 49:8तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।
त्यसैकारण पवित्र आत्मा भन्नहुन्छ “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,