Home Bibles ☰ Books यहोशू 24:33 · नेपाली बाइबल
यहोशू 24:33 · नेपाली बाइबल

हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो। 

Cross references

प्रस्थान 6:23

हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।

प्रस्थान 6:25

हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे। यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्।

गन्ती 3:32

पूजाहारी हारूनको छोरो एलाजार चाँहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो।

गन्ती 20:26

हारूनको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हारून त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।”

गन्ती 20:28

मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे।

यहोशू 14:1

पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे।

यहोशू 22:13

यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए।

न्यायकर्ता 18:13

त्यस स्थानदेखि ती छ सय मानिसहरू यात्रा गरेर एप्रैमका पहाडी देशतिर गए। त्यसपछि तिनीहरू मीकाको घरमा आए।

न्यायकर्ता 20:28

त्यहाँ परमेश्वरको सेवा गर्ने पूजाहारी पीनहास थिए। पीनहास एलाजारका छोरा थिए। एलाजार हारूनका छोरा थिए।) इस्राएलका मानिसहरूले सोधे, “बिन्यामीनका मानिसहरू हाम्रा आफन्त हुन्। हामी तिनीहरूको विरूद्ध युद्ध गर्न फेरि जानु? कि हामीले युद्ध गर्न बन्द गर्नु?”परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, भोलि तिनीहरूलाई पराजित गर्न म तिमीहरूलाई सहयोग गर्नेछु।”

1 राजा 4:8

बाह्रजना राजपालहरूका नाउँ यी हुन्;बेनहर एप्रैमको पार्वत्य प्रदेशको राजपाल थिए।

एज्रा 7:5

बुक्की अबीशूअका छोरा थिए, अबीशूअ पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार मुख्य पूजाहारी हारूनका छोरा थिए।

अय्यूब 30:23

मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।

भजनसंग्रह 49:10

हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरीमर्छन्। तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।

यशैया 57:1

धर्मी मानिसहरू गइसकेकाछन् तर यसमा कसैले पनि ध्यान दिएन्। मानिसहरू बुझ्दैनन के हुँदैछ। धर्मी मानिसहरू भेला भईरहनेछन्। मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्। तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि धर्मी मानिसहरू भेला गरिएकोछ।

Interlinear

Choose Theme