Home Bibles गन्ती 3:32 · नेपाली बाइबल
गन्ती 3:32 · नेपाली बाइबल

पूजाहारी हारूनको छोरो एलाजार चाँहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो।

Cross references

गन्ती 4:16

“पूजाहारी हारूनको छोरो एलाजार वत्तीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।”

गन्ती 4:27

गेर्शोनी मानिसहरूले जे पनि गर्छन भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्।

गन्ती 4:40

यस परिवार समूहमा 2,630 मानिसहरू गनिएका थिए।

गन्ती 8:26

पचास वर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।”

गन्ती 20:25

“अब हारून र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ।

2 राजा 25:18

मन्दिरबाट नबूजरदानले लगे मुख्य पूजाहारी सरायाह, अर्का पूजाहारी सपन्याह, तीन जना मानिसहरू जसले प्रवेशद्वारको सुरक्षा गर्ने गर्दथे तिनीहरूलाई पनि लगे।

1 इतिहास 9:14

यी लेवी कुल समूहका मानिसहरू हुन जो यरूशलेममा बस्थे यश्शूबका छोरा, शमायाह। यश्शूब अज्रीकामका छोरा थिए। अज्रीकाम हशब्याहका छोरा थिए। हशब्याह मररीका सन्तान थिए।

1 इतिहास 26:20

अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए।

एज्रा 7:5

बुक्की अबीशूअका छोरा थिए, अबीशूअ पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार मुख्य पूजाहारी हारूनका छोरा थिए।

इजकिएल 40:45

त्यस मानिसले मलाई भन्यो, “त्यो कोठा, जसको दलान दक्षिणपट्टि छ, यो त्यहाँ काम गरिरहेका अनि मन्दिरको सेवा गरिरहेका पूजाहारीहरूको लागि हो।

Interlinear

Choose Theme