Home Bibles ☰ Books न्यायकर्ता 18:13 · नेपाली बाइबल
न्यायकर्ता 18:13 · नेपाली बाइबल

त्यस स्थानदेखि ती छ सय मानिसहरू यात्रा गरेर एप्रैमका पहाडी देशतिर गए। त्यसपछि तिनीहरू मीकाको घरमा आए।

Cross references

यहोशू 24:30

यहोशूलाई तिम्नथसेरहमा उसको आफ्नै भूमिमा गाडे। यो गाश डाँडाको उत्तरमा भएको एप्रैमको पहाडी देशमा थियो।

यहोशू 24:33

हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो। 

न्यायकर्ता 17:1

मीका नाउँ गरेका एकजना मानिस थिए जो एप्रैमको पहाडी देशमा बस्थे।

न्यायकर्ता 18:2

यसर्थ दानका कुल समूहले पाँच जना सैनिकहरूलाई केही भूमि खोज्नु भनी पठाए। तिनीहरू बस्नका निम्ति उत्तम स्थान खोज्न हिंडे। ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरका थिए। तिनीहरू चुनिए किनभने ती सबै दानका कुलहरूका थिए। तिनीहरूलाई भनियो, “जाऊ केही भूमि खोज।”ती पाँच मानिसहरू एप्रैमको पहाडीदेशमा आए। तिनीहरू मीकाको घरमा आई पुगे अनि रात त्यहाँ बिताए।

न्यायकर्ता 19:1

त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्।एउटा लेवी व्यक्ति थिए जो एप्रैमको पहाडी देशको पछिल्तिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्।

Interlinear

Choose Theme