Home Bibles ☰ Books यहोशू 18:12 · नेपाली बाइबल
यहोशू 18:12 · नेपाली बाइबल

यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो।

Cross references

यहोशू 2:1

नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।

यहोशू 3:16

अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे।

यहोशू 6:1

यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।

यहोशू 7:2

यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।

यहोशू 16:1

यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। यो यरीहोको ठीक पूर्वमा थियो। यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए।

होशे 4:15

“हे इस्राएल! तैंले एक वेश्या समान व्यवहार गरे ता पनि यहूदा दोषी नहुन्, न त तिमीहरू गिलगालमा आऊ, न वेतावनमा आऊ, ‘न परमप्रभुको जीवनको शपथ खाऊ।’

होशे 5:8

“गिबामा सींङ अनि रामामा तुरही फुक। बेतावनमा खतराको घन्टी बजाऊ। हे बिन्यामीन, थरथर होऊ।

होशे 10:5

सामरियाका बासिन्दाहरू बेतावनमा डराउँदै बाछाको पूजा गर्छन। यस्ता मानिसले वास्तवमा विलाप गर्नुपर्छ। यस्ता पूजाहारीहरू वास्तवमा विलाप गर्छन्, किनकि उसको राम्रो मूर्ति हराएको हुन्छ। कसैले उठाएर लगेको हुन्छ।

Interlinear

Choose Theme