Home Bibles लूका 10:30 · नेपाली बाइबल
लूका 10:30 · नेपाली बाइबल

यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भुँईमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।

Cross references

भजनसंग्रह 88:4

मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको एकदम कमजोर, हीन मानिस जस्तो व्यवहार गर्दछन।

यर्मिया 51:52

परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ, जब म बाबेलका मूर्तिहरूलाई न्याय-दण्ड दिनेछु। त्यो देशका चारैतिर चोटहरूमा रूनेछन्।

विलाप 2:12

जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ तिनीहरू आफ्ना आमालाई सोध्छन्, “रोटी र दुध कहाँ छन्?”

इजकिएल 30:24

म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ।

लूका 18:31

त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्।

लूका 19:28

यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो।

Interlinear

Choose Theme