Home Bibles यहोशू 18:1 · नेपाली बाइबल
यहोशू 18:1 · नेपाली बाइबल

समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।

Cross references

गन्ती 32:22

तिमीहरू त्यति बेला आफ्नो घर फर्कनु सक्छौ जब परमप्रभुले हामीलाई पूरा भूमि लिन सहायता गर्नु हुन्छ। तब परमप्रभु र इस्राएलका मानिसहरूले तिमीहरूलाई दोषी ठराउदैनन्। परमप्रभुले तिमीहरूलाई तिमीहरूको भूमि ग्रहण गर्न दिनु हुन्छ।

यहोशू 19:51

यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।

यहोशू 21:2

यो कुरा कनानको भूमिको शीलो शहरमा भयो। लेवी अगुवाहरूले तिनीहरूलाई भने, “हामीहरूलाई बस्नका निम्ति शहरहरू दिनु भनी मोशाद्वारा परमप्रभुले तिमीहरूलाई आदेश दिएका थिए। अनि उहाँले हामीलाई खेतहरू पनि दिनु जहाँ हाम्रा पशुहरू चर्छन्, भनी तपाईंलाई आदेश दिनु भएको थियो।”

यहोशू 22:9

यसरी रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।

यहोशू 22:19

यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ।

न्यायकर्ता 18:31

दानका मानिसहरूले तिनीहरू स्वयंका निम्ति मीकाले निर्माण गरेको मूर्ति स्थापन गरे। परमप्रभुको मन्दिर शीलोमा रहेको समय भरि त्यो मूर्ति दान शहरमा थियो।

न्यायकर्ता 21:12

ती 12,000 सैनिकहरूले याबेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।

न्यायकर्ता 21:19

तिनीहरूले भने, हेर, शीलोमा परमप्रभुको उत्सव केही दिनसम्म चल्नेछ।” (शीलो बेतेलको उत्तरमा छ अनि बेतेल देखि शकेम जाने बाटोको पूर्वमा छ। तर लबानोन शहरको दक्षिणमा छ।)

1 शमूएल 1:3

परमप्रभु सर्वशक्तिमानको अघि आराधना गर्न र बलि चढाउन प्रत्येक वर्ष एल्काना रामाबाट शीलोमा जाने गर्थे। शीलोमा परमप्रभुका पूजाहारीको रूपमा होप्नी र पीनहासले सेवा गर्थे। यी दुइ एलीका छोरा थिए।

1 शमूएल 1:24

जब नानी ठूलो भयो अनि ठोस भोजन खान थाल्यो हन्नाले नानीलाई परमप्रभुको मन्दिर शीलोमा लगिन्। हन्नाले आफूसँग एउटा तीन वर्षको साँढे, चार पाथी पीठो र एक मसक दाखरस पनि लिएर गइन्।

1 शमूएल 4:3

बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”

1 राजा 2:27

सुलेमानले एबीयातारलाई परमेश्वरको पूजाहारीको रूपमा सेवा गर्न नपाउने कुरा बताए। यो यसरी नै भयो जसरी परमेश्वरले बताउनु भएको थियो। परमेश्वरले पूजाहारी एली अनि उनको परिवारको विषयमा शीलोम बताउनु भएको थियो। एबीयातार एली परिवारका थिए।

1 राजा 14:2

यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्।

1 राजा 14:4

यसकारण राजाकी पत्नीले त्यही गरिन् उनले जे भनेका थिए। तिनी शीलो गइन्। तिनी अगमवक्ता अहियाहको घर गइन्। अहियाह धेरै बूढा थिए अनि अंन्धो भएका थिए।

भजनसंग्रह 78:60

उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो। परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।

भजनसंग्रह 78:66

परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो। उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो।

यर्मिया 7:12

“यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरे।

यर्मिया 26:6

तब म यो मन्दिरलाई शिलोहजस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”

Interlinear

Choose Theme